कालीकोट जिल्ला रास्कोट नगरपालिकामा ७५ औ रास्ट्रिय प्रजातान्त्र दिवसको अवसरमा सामाजिक बिकास समिति संयोजक मन तिरुवाको अध्यक्षता तथा नगरप्रमुख धर्मराज शाहिको प्रमुख आथित्यता , मनिराज बरालको बिशेश आथित्यता , राजनीतिक दलका प्रतिनिधि , शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख , अन्य पालिकाका शिक्षा शाखा प्रमुखको आथित्यता, कार्यपालिका सदस्य शिक्षक, विद्यार्थीको उपस्थितिमा कार्यक्रमका भब्य रुपमा मनाइएको छ। उक्त कार्यक्रममा रास्कोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रममा माध्यमिक तह पालिका स्तरिय "केन्द्रीकृत शासन ब्यबस्था भन्दा विकेन्द्रीकृत शासन ब्यबस्था राम्रो" विषयक माध्यमिक तहको बादविवाद प्रतियोगिता तथा "प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनामा जनआन्दोलन र जयुद्दको भुमिका" भन्ने विषयमा हाजिर जवाफ प्रतियोगितामा विभिन्न विद्यालयबाट छात्र तथा छात्राले भागलिनुभएको थियो ।

































